कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजे


ग्लोब नेपाल
459
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको छ ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

हिजो बसेको कांग्रेस पदाधिकारी बैठकले सहज रुपमा सरकार चलिरहदा प्रधानमन्त्रीबाट भएको सत्तागठबन्धन फेरबदलको घटना अनपेक्षित भएको निष्कर्ष निकालेको थियो । यस बिषयमा आवश्यक निर्णय लिन आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।