झक्कु सुवेदी बन्दै राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष अर्यालले राजीनामा दिने

झक्कु सुवेदी बन्दै राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष अर्यालले राजीनामा दिने


ग्लोब नेपाल
2.1k
Shares

काठमाडौं । माओवादी केन्द्रले झक्कुप्रसाद सुवेदीलाई राष्ट्रियसभा अध्यक्षमा झक्कुप्रसाद सुवेदीलाई अघि सार्ने तयारी गरेको छ ।

नयाँ सत्ता गठबन्धनमा आबद्ध चार दलका शीर्ष नेताबीच सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले गरेको ८ बुँदे सहमतिमा राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष एमालेले लिने उल्लेख छ । राष्ट्रियसभा अध्यक्ष चयनका लागि आगामी २९ फागुनमा निर्वाचन तोकिएको छ ।

माओवादी उच्च श्रोतका अनुसार ६ वर्षे कार्यकाल भएका कारण माओवादीले सुवेदीलाई अघि सार्ने भएको हो । गत १० माघमा सम्पन्न निर्वाचनमा रोल्पाका सुवेदी लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए । राष्ट्रियसभा अध्यक्षमा निवर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नारायण दाहाल र सुवेदीको नाम चर्चामा थियो ।

दाहालको चार वर्ष र श्रेष्ठको दुई वर्ष मात्र कार्यकाल बाँकी रहेकाले ६ वर्ष कार्यकाल रहेका सुवेदीले मौका पाउने भएका हुन् । यसअघिका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल सकाएर आइतबार बिदा भइसकेका छन् ।

यसैबीच सुवेदी अध्यक्ष बन्ने भएपछि उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिने भएकी छन् । उनी पनि माओवादी केन्द्रबाटै निर्वाचित उपाध्यक्ष भएकी हुन् ।