सरकारबाट समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने कांग्रेसको निर्णय

सरकारबाट समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने कांग्रेसको निर्णय


ग्लोब नेपाल
810
Shares

काठमाडौं । कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको छ ।

आज (मंगलबार) दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने कार्यसम्पादन समितिको बैठकबाट कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको कांग्रेसका एक नेताले जानकारी दिएका छन ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट ३ वटा निर्णय हुने जानकारी दिएका छन् । उनले भने, ‘आज हामीले ३ वटा निर्णय गर्छौँ, ‘सरकारबाट फिर्ता हुने, सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने निर्णय लिने गर्छौँ ।’

आइतबार साँझदेखि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमाले नेतृत्वको गठबन्धनमा फर्किएका छन् । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा सम्मिलित नयाँ गठबन्धन बनेको छ ।