चीनकाे प्रतिक्रिया : नेपालकाे नयाँ गठबन्धनले राजनीतिक स्थायित्व दिने विश्वास छ

चीनकाे प्रतिक्रिया : नेपालकाे नयाँ गठबन्धनले राजनीतिक स्थायित्व दिने विश्वास छ



काठमाडौं । उत्तरकाे छिमेकी मुलुक चीनले नेपालकाे नयाँ गठबन्धन सरकारले राजनीतिक स्थायित्व, आर्थिक वृद्धि र जनताको जीविकोपार्जनमा सुधार ल्याउने विश्वास व्यक्त गरेकाे छ ।

नेपालमा सत्ता समीकरण फेरिएकाे घटनाबारे चासाे व्यक्त गर्दै चीनले गठबन्धनमा रहेका दलहरू एकताबद्ध भएर राजनीतिक स्थायित्व ल्याउने आशा व्यक्त गरेको हाे ।

मंगलबार चीनको विदेश मन्त्रालयले बेइजिङमा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माओ निङले चीनले दुवै देशका नागरिकलाई फाइदा हुनेगरी काम गर्न चाहेको बताइन् ।

उनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिँदै सरकारसँग शान्तिपूर्ण सहअस्तित्वका आधारमा सहकार्य गर्न तत्पर रहेको बताइन् ।