रास्वपाले लगायाे चार मन्त्रीको टुंगो : गृहमा रवि, शिक्षामा सुमना

रास्वपाले लगायाे चार मन्त्रीको टुंगो : गृहमा रवि, शिक्षामा सुमना



काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने चार मन्त्रालय र मन्त्रीको टुंगो लागेको छ । रास्वपा अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् ।

आज बसेको कार्यदलको बैठकले रास्वपालाई गृह, श्रम, युवा तथा खेलकुद र शिक्षा मन्त्रालय दिने टुंग्याएको हाे ।

रास्वपाले शिक्षामन्त्रीमा सुमना श्रेष्ठलाई पठाउने भएको छ । त्यसैगरी डीपी अर्याल श्रम मन्त्री बन्ने भएका छन् भने अर्यालले मन्त्रीको सपथ ग्रहण गरिसकेका छन् । यसैगरी रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बन्ने भएका छन् ।