माओवादीले वर्षमानलाई अर्थ र नारायणकाजीलाई परराष्ट्रमा पठाउने

माओवादीले वर्षमानलाई अर्थ र नारायणकाजीलाई परराष्ट्रमा पठाउने



काठमाडौं । नयाँ सरकारमा नेकपा माओवादी केन्द्रले पनि दुई मन्त्रीको नाम टुंग्याएको छ । जसअनुसार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र र अर्थमा उपमहासचिव वर्षमान पुनलाई पठाइने भएको पार्टी स्रोतले जनाएको छ ।

यसअघि हितबहादुर तामाङले मन्त्रीको शपथ लिइसकेका छन् । नयाँ गठबन्धन सरकारमा माओवादीले ५ मन्त्रालय पाउने भएकाे छ ।