काठमाडौं । नेपाली कांग्रेसले विकल्प गठबन्धनका लागि साना दलहरूसँग संवाद थालेको छ । बुधवार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीसँग छलफल गरिरहेको छ ।
कांग्रेस सभापति देउवाले ठाकुर, राउत र चौधरीलाई फोन गरेर भेटवार्ताका लागि बोलाएका थिए । छलफलमा कांग्रेसबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता शेखर कोइराला र संसदीय दलका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।


प्रतिक्रिया