गगन थापाको टिप्पणी- यो सरकार कुहिएर झर्छ

गगन थापाको टिप्पणी- यो सरकार कुहिएर झर्छ



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष्पकमल दाहाल नेतृत्वको नयाँ गठबन्धन सरकार कुहिएर झर्ने टिप्पणी गरेका छन् ।

बुधबार साँझ शीतल निवासमा शपथ ग्रहणको तयारी भइरहँदा थापाले भिडिओमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान सरकार फतक्क कुहिएर झर्ने बताएका हुन् ।

‘यो सरकार यसरी बनेको छ, दौडिने त कुरै छोड्नुस् हिँड्न पनि सक्दैन । आफ्नै भारीले थिचिन्छ, फतक्क कुहिएर झर्छ,’ उनले भने ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जुनसुकै बेलामा गठबन्धन टुटाउन सक्छन् भन्ने कुरामा आफू प्रष्ट रहेको बताए ।

उनले भने, ‘गठबन्धन कुनै राजनीतिक स्थायित्वका लागि होइन बाँडीचुडी खान सत्ता स्वार्थमा टिकेको अवसरवादी गठबन्धन हो । भागबन्डा नमिल्ना साथ भोलि कुनैबेला गठबन्धन भत्किने नयाँ गठबन्धनको प्रयास हुने र राजनीतिमा फोहोरी र विकृत अभ्यासनको पुनरावृत्ति हुने प्रष्ट छ ।’