यू-१६ महिला फुटबल : जित्नै पर्ने दबाबमा दुवै टोली

यू-१६ महिला फुटबल : जित्नै पर्ने दबाबमा दुवै टोली


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । राजधानीमा जारी साफ यू-१६ महिला फुटबल च्याम्पियनिसपको समूह चरणको अन्तिम खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ । नेपाल र भारतबीचको खेल दिउँसो ३ बजे एन्फा मैदान सात दोबाटोमा सुरु हुने छ ।

चार देश सहभागी यस प्रतियोगितामा बंगलादेश लगातार दुई जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ ।

आज भारत र नेपालबीचको विजेताले फाइनलमा स्थान पक्का गर्ने भएकाले दुवै टिमलाई जित्नै पर्ने बाध्यता रहेको छ । बराबरीले भने भारतलाई नै फाइदा पुग्ने छ । भारतले आफ्नो पहिलो खेलमा भुटानमाथि ७-० को जित निकालेको थियो । नेपालले भुटानमाथि ३-० को जित निकालेको छ । यसैगरी नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग २-० ले पराजित भएको थियो । भारत बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको थियो ।

यसैगरी, भुटान र बंगलादेशबीचको समूह चरणको अन्तिम खेल शुक्रबार हुने छ । भुटान दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिर भइसकेको छ । फाइनल खेल आइतबार हुने छ ।