मिटरब्याज पीडितहरुको निश्चित ऋण सरकारले मिनाहा गर्नुपर्छ : बाबुराम भट्टराई

मिटरब्याज पीडितहरुको निश्चित ऋण सरकारले मिनाहा गर्नुपर्छ : बाबुराम भट्टराई



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मिटरब्याज पीडितहरूको निश्चित ऋण मिनाहा गर्नुपर्ने बताएका छन् । बिहीबार मिटरब्याज पीडितहरूको आन्दोलनमा सहभागी भएका भट्टराईले सरकारले मिटरब्याज पीडितका निश्चित ऋण मिनाहा गर्नुपर्ने बताए ।

उनले ‘जनयुद्धताका’ जाली र झुटो तमसुकहरु च्यातेको र आगो लगाएको स्मरण गर्दै तत्काल निश्चित सम्मको ऋण मिनाह घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् । लिखित तमसुकहरु खोजेर कारबाहीको दायरामा ल्याउन पनि उनले आग्रह गरेका छन् ।

नेपालका बैंकहरुमा ६० खर्ब पैसा रहेकाले त्यसमध्ये एक खर्ब रुपैयाँ गरिव किसानलाई बाँड्न आँट गर्नुपर्ने उनको भनाइ छ । मिटरब्याज पीडितहरुको विषयमा बनेका थुप्रै आयोगहरुको प्रतिवेदन सार्वजनिक नभएको भन्दै गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको अयाोगको प्रतिवेदन सार्वजनिक गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पनि उनले आग्रह गरेका छन् ।