गण्डकीको हिउँदे अधिवेशन अन्त्य

गण्डकीको हिउँदे अधिवेशन अन्त्य


ग्लोब नेपाल
0
Shares

पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । गण्डकी प्रदेश मन्त्रिपरिषद्ले अधिवेशन अन्त्य गर्न बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई सिफारिस गरेको हो ।

शुक्रबार रातिदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको सूचना संसद् सचिवालयलाई पठाएको संसद् सचिवालयले जनाएको छ । फागुन १६ गतेदेखि सुरु भएको गण्डकीको हिउँदे अधिवेशनमा २० र २१ गते पनि बैठक बसेको थियो ।