मुलुकको व्यवस्था फेरियो, अवस्था फेरिएन भन्ने कुरा सही होइन: केपी ओली

मुलुकको व्यवस्था फेरियो, अवस्था फेरिएन भन्ने कुरा सही होइन: केपी ओली


ग्लोब नेपाल
135
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुको व्यवस्था परिर्वतन भएको तर अवस्था परिर्वतन भएन भनेर हुने गरेको टिप्पणी सही नभएको दाबी गरेका छन ।

आज (शनिबार) मोतीदेवी स्मृति केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरु रहेको उल्लेख गर्दै विगतमा त्यस्तो थियो भनी प्रश्न गरेका छन् । उनले भने, ‘एउटा चर्चा चल्ने गरेको छ कि व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन ।’

तर, अवस्थामा परिवर्तन आएको छ । अलि वर्ष अघिसम्म के थियो अवस्था रु अगाडि बढेको बहिनीहरु उहाँहरु मन्त्री भइसक्नु भएको छ । माननीय भइसक्नुभएको छ । नेता भइसक्नुभएको छ ।

पहिले पनि त्यस्तै थियो र समय ?’ ओलीले प्रश्न गरे । उनले अहिले संसदमा र सरकारी क्षेत्रमा ३३ प्रतिशत आरक्षणको व्यवस्था रहेको भन्दै उनले कानुनमा तोकिए भन्दा बढी महिला सहभागिता नगराउने प्रवृत्ति भने बेठीक भएको बताएका छन ।

उनले भने, ‘अब सामान्यतया सशक्तिकरणको बाटोबाट यसलाई बढाउँदै लगेर बराबरी पुर्‍याउने बाटोमा जानुपर्छ,‘अवस्था फेरिएको छ, अवस्था पहिले भन्दा तुलना नै गर्न नसक्ने गरी राम्रो भएको छ । यसलाई अझ पूर्ण रुपमा राम्रो अवस्थामा पुर्‍याउने हाम्रो अगाडि जिम्मेवारी छ ।’