न्युनतम साझा कार्यक्रम तय गर्न सत्ता गठबन्धनमा संयन्त्र गठन

न्युनतम साझा कार्यक्रम तय गर्न सत्ता गठबन्धनमा संयन्त्र गठन



काठमाडौं । सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न सत्ता गठबन्धनले राजनीतिक संयन्त्र गठन गरेको छ । सत्तामा सहभागी पाँच दलबाट २/२ हुने गरी संयन्त्र बनाइएको छ ।

नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र विष्णु रिमाल, माओेवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल, जनता समाजवादीबाट मनिष सुमन र राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीबाट घनश्याम भूसाल र प्रमेश हमाल सम्मिलित राजनीतिक संयन्त्र गठन गरिएको छ ।

कार्यदलको पहिलो बैठक सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको छ । सबै दलबाट आएका धारणा समेटेर सरकारका प्राथमिकता तय गर्न मस्यौदा बनाउने जिम्मेवारी एमाले नेता विष्णु रिमाललाई दिइएको छ ।