एमाले गोरखाकाे अध्यक्षमा थापा निर्वाचित

एमाले गोरखाकाे अध्यक्षमा थापा निर्वाचित



गोरखा । नेपाल कम्युनिष्ट पार्टी एमालेको गोरखा जिल्ला कमिटीको अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित भएका छन् । गोरखामा एमालेले चुनावमार्फत् नयाँ नेतृत्व छानेको हो ।

पार्टीको ८ औं जिल्ला अधिवेशनमा सोमबार बिहान सकिएको मतगणनाअनुसार थापाले निवर्तमान कमिटीका उपाध्यक्ष कृष्ण नेपालीलाई ७५ मतले पराजित गरे। थापाले २८० मत ल्याए भने नेपालीले २०५ मत ल्याए ।

अध्यक्षमा निर्वाचित भएका थापा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ पक्षधर हुन् ।

त्यस्तै उपाध्यक्षमा मेनबहादुर अधिकारी २७० मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी कमल दानीले १२१ र कृष्ण काप्रीले ७१ मत पाए । सचिवमा काजिराम रोका ३५३ मत पाएर निर्वापचत भए भने प्रतिस्पर्धी उपेन्द्र देवकोटाले १०५ मत पाए ।

उपसचिवमा मनोज जोशी र शान्ति चापागाईं निर्वाचित भएका छन् । जोशीले २६५ र चापागाईंले ३२० मत पाए ।

खुलातर्फका उपसचिव पदका उम्मेदवार विष्णु पन्तले ११४ र सञ्जित श्रेष्ठले ६७ मत प्राप्त गरेका थिए भने महिलातर्फकी उपसचिव नानुमाया थापा मगरले १५० मत प्राप्त गरेकी थिइन् ।