सुदूरपश्चिममा मन्त्रीमण्डल विस्तार : मुख्यमन्त्रीले थपे एक मन्त्री

सुदूरपश्चिममा मन्त्रीमण्डल विस्तार : मुख्यमन्त्रीले थपे एक मन्त्री



कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्रीमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री शाहले सोमबार नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाएर मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

प्रदेश सरकार जोगाउने प्रयासस्वरुप मुख्यमन्त्री शाहले चौधरीलाई विना विभागीय मन्त्रीको रूपमा नियुक्त गरेका हुन् । उनलाई सोमबार प्रदेश प्रमुख देवराज जोशीले शपथ खुवाएका छन् । यो सँगै सुदूरपश्चिम मन्त्रीमण्डल आठ सदस्यीय बनेको छ ।

गत शुक्रवार पनि मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीबाट ३ मन्त्री थपेका थिए ।