गृह सचिवमा एकनारायण अर्याल

गृह सचिवमा एकनारायण अर्याल



काठमाडौं । गृह सचिवका रूपमा एकनारायण अर्यालको सरुवा भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अर्याललाई गृह सचिव बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका थिए । त्यसअघि उनी श्रम मन्त्रालयमा थिए ।

यसअघि दिनेश भट्टराई गृहसचिव थिए । भट्टराईलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको छ ।