सत्तारुढ दलहरुबीच ७ बुँदे सहमति

सत्तारुढ दलहरुबीच ७ बुँदे सहमति

राष्ट्रियसभा उपाध्यक्ष एमालेले लिने वाक्य हट्यो



काठमाडौं । नेकपा एकीकृत समाजवादीलाई समेत समेटेर सत्तारुढ दलहरुबीच अर्को लिखित सहमति भएको छ ।

यसअघि गत २१ फागुनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बीच ८ बुँदे लिखित सहमति भएको थियो ।

त्यो लिखित सहमतिमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी समावेश थिएन । तर मंगलबार एकीकृत समाजवादी समेत थपिएर पाँच दलबीच ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

पाँच दलबीच भएको सहमतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली, रास्वपाको सभापति रवि लामिछाने, नेकपा एसका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

यसअघि चार दलबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादी र उपाध्यक्षलाई लिने सहमति भएको थियो । नयाँ सहमति पत्रमा गरेपछि राष्ट्रियभा उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने वाक्य हटेको छ ।

यसअघि मन्त्रिपरिषद् विस्तारसम्बन्धी सहमति पनि भइसकेकोले हटाइएको छ ।