बैतडी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बैतडीको जिल्ला कमिटीको अध्यक्षमा नरेशकुमार विक चयन भएका छन् । जिल्लाको पाटनमा आज सम्पन्न नवौँ अधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
यसैगरी जिल्ला कमिटीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद तथा उपसचिवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएको नेकपा (एमाले) बैतडीले जनाएको छ ।
पाटनमा सम्पन्न नवाँ अधिवेशनले ९० सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । सुदूरपरिश्चम पहिलो दलित अध्यक्ष विक एमालेको जिल्ला हाक्ने सुदूरपरिश्चममै पहिलो दलित अध्यक्ष भएका छन् ।
निरन्तर एमालेको राजनीतिमा रहेका विकले पार्टीलाई आफ्नो कार्यकालमा अझै बलियो बनाउने दाबी गरेका छन् ।


प्रतिक्रिया