प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम ६ चैतमा

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम ६ चैतमा



काठमाडौं । प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम प्रतिनिधिसभाको ६ चैतको बैठकमा हुने भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले ६ चैतको संसद बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने जानकारी दिएका हुन् ।

सभामुख घिमिरेले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न २ चैत शुक्रबार अपराह्न ३ बजेभित्र संघीय संसद सचिवालयका महासचिव पद्‌मप्रसाद पाण्डेयलाई बुझाउन पनि सांसदहरूलाई निर्देशन दिए ।

प्रतिनिधिसभाको अर्को बैठक १ चैत बिहीबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।