नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाले निवेदन दिएका छन् । अर्थ मन्त्रालय वित्त व्यवस्थापन महाशाखाले दिएको जानकारी अनुसार बुधबारसम्म १९ जनाले निवेदन दिएका हुन्।

महाशाखाका अनुसार निरज गिरी, डा. नवराज अधिकारी, कृष्णराज पोखरेल, चिरञ्जीवी चापागाईं, मुक्ति अर्याल, सीताराम थपलिया, बिमल तिवारी, प्रवीन पन्दाक, शिवराम श्रेष्ठ र कृष्णबहादुर कार्कीको निवेदन परेको हो ।

गत फागुन १६ गतेदेखि नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि दरखास्त आह्वान गरिएको थियो। १५ दिनको म्याद राखेर अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले दरखास्त आव्हान गरेको हो। इच्छुक नेपाली नागरिकले फागुन ३० गतेभित्र आवेदन दिनुपर्ने सूचना निकालिएको थियो। जुन बुधवार साँझ ५ बजेपछि सकिएको छ।