राष्ट्रपतिसमक्ष तीन प्रदेश प्रमुखहरूद्वारा शपथ

राष्ट्रपतिसमक्ष तीन प्रदेश प्रमुखहरूद्वारा शपथ



काठमाडौं । तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा तीन प्रदेश प्रमुखले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका हुन् ।

मधेसका लागि सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका लागि नजिर मियाँले शपथ लिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।