विश्वमञ्चमा नेपालीहरूले राम्रो प्रगति गरेका छन् : प्रधानमन्त्री दाहाल

विश्वमञ्चमा नेपालीहरूले राम्रो प्रगति गरेका छन् : प्रधानमन्त्री दाहाल


ग्लोब नेपाल
135
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वका विभिन्न मुलुकमा गएर राम्रो प्रगति पनि गरिरहेको बताएका छन् । शनिबार बिहान काठमाडौंमा आयोजित “प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म” नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, “विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपालीहरू जाने गरेका छन्। त्यहाँ गएकामध्ये कैयौं नेपालीहरूले राम्रो प्रगति पनि गरेका छन्। त्यसको उदाहरण डा. सूर्य सुवेदी पनि हुन्।”

प्रा.डा सूर्य सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकनबारे मैले सहयोग मागेको थिएँ। उनले त्यसमा निकै राम्रो सहयोग गरेका थिए। पछिल्लो एमसीसी सम्झौतामा पनि उनले मध्यमार्गी बिकल्प दिएका हुन र हामीले नै लागू पनि गर्यौँ।”

लोकार्पणमा प्राडा सूर्य सुवेदीले पुस्तकमा नेपालको लोकतान्त्रिक आन्दोलन, कम्बोडियाको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय कानुनका विषयमा पुस्तकको सारसंक्षेपबारे चर्चा गरे ।