मनी ट्रान्सफर सञ्चालकमाथि गोली हान्ने तीन जना पक्राउ

मनी ट्रान्सफर सञ्चालकमाथि गोली हान्ने तीन जना पक्राउ


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । रौतहटमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो १ बजे रौतहटको परोहा नगरपालिका-९ मा शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षका नितेश साहमाथि गोली प्रहार गर्ने तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

घटनालगत्तै खटिएको प्रहरीले खोजतलास गर्दा तीन जना भारतीय नागरिक पक्राउ परेका रौतहट प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा भारतीय नागरिक १९ वर्षका मुनिफकुमार यादव, १८ वर्षका राजकुमार पासवान र २० वर्षका चन्द्रभान सिंह रहेका छन् ।