मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरी प्रभाग बलम्बुलाई सीसीटीवी तथा जीओ प्रो क्यामेरा हस्तानतरण

मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरी प्रभाग बलम्बुलाई सीसीटीवी तथा जीओ प्रो क्यामेरा हस्तानतरण



काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल पहरी प्रभाग बलम्बु लाई आवश्यक पर्ने ३ थान CCTV क्यामेरा र २ थान Go Pro क्यामेरा हस्तानतरण गरेको छ ।

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने , अपराध नियन्त्रण र रोकथाममा केही सहयोग पुग्ने तथा सडक दुर्घटना न्यूनिकरणमा मद्दत पुग्ने विश्वास लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको ATM Visa मा आवद्ध अन्यजुनसुकै बैंकको ATM Machine बाट नि:शुल्क रकमझिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मातथामिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरु बैंकको शाखामाभौतिक रुपमाउपस्थितनभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।