इलाम–२ को उपनिर्वाचनका लागि २० दल दर्ता

इलाम–२ को उपनिर्वाचनका लागि २० दल दर्ता

निर्वाचन चिह्नको क्रम निर्धारण



काठमाडौं । आगामी वैशाख १५ गते हुने तय भएको उपनिर्वाचनका लागि इलाम–२ मा २० दल दर्ता भएका छन् । निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता गरिएको र यसरी दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण समेत गरिएको जानकारी दिए ।

उनका अनुसार बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा हुने उपनिर्वाचनमा लागि पनि १९ दल दर्ता भएका छन् ।