सुन तस्करी प्रकरण : गुरुङ १५ लाख धरौटीमा रिहा

सुन तस्करी प्रकरण : गुरुङ १५ लाख धरौटीमा रिहा



काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवनकुमार गुरुङ १५ लाख धरौटीमा छुटेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई रु १५ लाख धरौटीमा छाड्न आज आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

नन्दबहादुर पुन उपराष्ट्रपति हुँदा गुरुङ वैदेशिक मामिला सल्लाहकार थिए । सुन तस्करीमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गुरुङलाई गत फागुन १४ गते पक्राउ गरेको थियो ।