निर्माण व्यवसायीलाई ४० अर्ब भुक्तानी गर्न अर्थमन्त्री पुनको निर्देशन

निर्माण व्यवसायीलाई ४० अर्ब भुक्तानी गर्न अर्थमन्त्री पुनको निर्देशन


ग्लोब नेपाल
5.2k
Shares

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले निर्माण व्यवसायीको ४० अर्ब रुपैयाँ भुक्तानी गर्न निर्देशन दिएका छन् । अर्थमन्त्रीको सचिवालयका अनुसार निर्माण व्यवसायीलाई भुक्तानी गर्न बजेट महाशाखालाई भनिएको छ ।

विकास निर्माणको काम गरेका निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाएको गुनासो गर्दै आएका छन् । उनीहरूले सरकारबाट करिब ६० अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताएका थिए ।

श्रमको मूल्य नपाएको भन्दै व्यवसायीहरूले सरकारको आलोचना गर्दै आएका थिए । सचिवालयका अनुसार अर्थमन्त्री भुक्तानी सबै क्लियर गर्ने मुडमा छन् । तत्काललाई ४० अर्ब विनियोजन गर्न भनिएको सचिवालयले बताएको छ ।