माओवादी उपाध्यक्ष महरा नर्भिक अस्पतालको इमरजेन्सीमा

माओवादी उपाध्यक्ष महरा नर्भिक अस्पतालको इमरजेन्सीमा



काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई अस्पताल लागिएको छ । उनको स्वास्थ्य अवस्थाका कारण हिरासतको अवधिभर अस्पतालमा बस्न पाउने गरी काठमाडौं जिल्ला अदालतले आदेश दिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको हो ।

महरालाई नर्भिकको इमरजेन्सी वार्डमा राखेर चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई हिरासतमा राख्न अनुमति माग गर्दै अदालत पेस गरेको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासमा सुनुवाइ भएपछि महरालाई ४ दिन थुनामा राख्न म्याद दिएको हो ।

महरालाई प्रहरीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । काठमाडौंबाट रोल्पा जानका लागि भैरहवा विमानस्थल हुँदै गएका उनलाई रूपन्देही प्रहरीले पक्राउ गरेको थियो । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगेको थियो ।