गठबन्धनको साझा संकल्प : भ्रष्टाचारीमाथि कानुनी कारबाही हुन्छ (पूर्णपाठ)

गठबन्धनको साझा संकल्प : भ्रष्टाचारीमाथि कानुनी कारबाही हुन्छ (पूर्णपाठ)



काठमाडौं । सत्तारुढ पाँच राजनीतिक दलले साझा संकल्प सार्वजनिक गरेको छ । मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको साझा संकल्प प्रस्तुत गरेका छन् ।

साझा संकल्पमा कुनै पनि कालखण्डको भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि छानबिन गर्ने उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनबाट अधिकारसम्पन्न बनाई भ्रष्टाचार निवारण र सदाचारको प्रत्याभूति गर्ने पाँच दलको संकल्प छ ।

“कुनै पनि कालखण्डमा भएको भ्रष्टाचार र जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउने,” उनले कार्यक्रमबारे सुनाए, “भ्रष्टाचारी एकदिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गर्ने ।”

त्यस्तै, पाँच दलीय गठबन्धनले साइबर सुरक्षा कायम गर्ने जनाएको छ । जलवायु परिर्वतनका सन्दर्भमा सगरमाथा संवाद आयोजना गरिने पौडेलले जानकारी दिए ।

पाँच राजनीतिक दलको साझा संकल्प :