सबैभन्दा कठिन अध्यागमन कानुन कार्यान्वयन गर्न टेक्सास राज्यलाई अनुमति

सबैभन्दा कठिन अध्यागमन कानुन कार्यान्वयन गर्न टेक्सास राज्यलाई अनुमति


ग्लोब नेपाल
54
Shares

टेक्सस । अमेरिकाको सर्वोच्च अदालतले टेक्सास राज्यलाई हालसम्मकै कुनै पनि अमेरिकी राज्यले बनाएको सबैभन्दा कठिन अध्यागमन कानुन कार्यान्वयन गर्न अनुमति दिएको छ ।

सर्वोच्चको यो फैसलासँगै अब टेक्ससले अवैध रुपमा मेक्सकोको सीमा पार गरेर अमेरिका प्रवेश गरेका आप्रवासीलाई पक्राउ गर्न र मुद्दा चलाउन पाउनेछ । बाइडेन प्रशासनले यो कानुनलाई असंवैधानिक भन्दै चुनौती दिएको छ ।

गैरकानूनी रूपमा अमेरिकी सीमा पार गर्नु नै संघीय अपराध हो । तर पछि यस्ता उल्लङ्घनहरूलाई सामान्यतया अध्यागमन अदालत प्रणालीबाट नागरिक मुद्दाका रूपमा व्यवस्थापन गर्ने गरिन्छ ।

टेक्सस कानुन SB4 निकै नै विवादास्पद रहेको थियो । यसअघि अदालतहरूले संघीय सरकारले मात्र देशको अध्यागमन कानुन लागू गर्न सक्ने फैसला गरेका थिए । अमेरिकी राज्यहरूलाई यो कानुन कार्यान्वयको अधिकार दिएको थिएन ।