काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी रकम हिनामिना गरेको प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय समिति गठनको अल्टिमेटम दिएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति आगामी बैठकसम्म गठन गर्न अल्टिमेटम दिएको हाे ।
मंगलबारको प्रतिनिधि सभा बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले कांग्रेसले चार वर्ष संसद अवरूद्ध गरोस् भनेका थिए ।
बैठकमा सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्री लामिछानेको प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् हामी सरकार चलाइरहन्छौँ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाइन् ।
‘उहाँ गृहमन्त्रीको पद खाइराख्ने, हामी हेरेर बस्नुपर्ने? अझ गैरजिम्मेवार कुरा सभामुख महोदय, बाहिर गएर बोल्नुभयो हाम्रो उपप्रधानमन्त्री । प्रतिपक्षलाई च्यालेन्ज गर्दै ४ वर्ष सदन अवरूद्ध गरोस्, हामी सत्ता हाँकिरहन्छौं,’ उनले प्रश्न गरिन्, ‘कसरी चल्छ सत्ता? गृहमन्त्रीले बाहिर बोल्नुभएको छ । प्रतिपक्षले संसद बन्द गर्दा सरकार चल्छ? उहाँले सोच्नुभएको होला तर कदापी हुन सक्दैन ।’
प्रतिक्रिया