एक साताका लागि राष्ट्रिय सभाको बैठक स्थगित

एक साताका लागि राष्ट्रिय सभाको बैठक स्थगित



काठमाडौं । राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित गरिएको छ ।  यही चैत १५ गते दिउँसो सवा १ बजे बस्नेगरी बुधबारको बैठक स्थगित गरिएको हो । 

बुधबारको बैठकमा प्रिबजेट छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएका थिए भने  अनुमगन तथा मूल्यांकनसम्बन्धी विधेयकमा प्रतिनिधिसभाले गरेको संशोधनमा सर्वसम्मति जनाएको छ ।

साथै बैठकले राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा रहने गरी सातजनाको नाम मनोनयन गरेको छ ।