मोहनबिक्रम बुढा छाती पिटीपिटी रोएर उधुम छः अध्यक्ष ओली

मोहनबिक्रम बुढा छाती पिटीपिटी रोएर उधुम छः अध्यक्ष ओली


ग्लोब नेपाल
3.1k
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबारे कडा टिप्पणी गरेका छन् । आज बुधबार राजधानीमा भएको एउटा कार्यक्रममा ओलीले मोहनविक्रम सिंहबारे कडा टिप्पणी गरेका हुन । उनले असफल भएपछि मानिस कसरी पतन हुन्छन् भन्दै सिंहलाई सम्झिएका छन् ।

ओलीले भने, ‘एक जना आफूलाई कम्युनिस्ट भन्ने पुराना नेता छन् । तपाईंहरुले पनि चिन्नु हुन्छ होला, मोहन विक्रम सिंह नाम हो उहाँको, ‘अहिले कांग्रेस सरकारबाट बाहिर रह्यो भनेर छाती पिटीपिटी रोएर उधुम छ बुढाको ।’

उनले अगाडि भने, ‘कांग्रेस बाहिर रह्यो सरकारबाट, कांग्रेस आएको भए मेरो श्रीमतीलाई राष्ट्रियसभाबाट मनोनित गरेर पठाउँथ्यो होला । सम्झिन्छन्, फेरि ग्वाँ ग्वाँ रुन्छन् ।

नेपाली कांग्रेस–माओवादीसहितको सत्ता गठबन्धन रहेका बेला सिंहकी पत्नीसमेत रहेकी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई राष्ट्रियसभामा मनोनित गर्ने सहमति भएको थियो । जीवनभर कम्युनिस्ट भनेको के का लागि रहेछ भनेर बुढेसकालमा पर्दाफास भएको ओलीले बताएका छन् ।