एनआईसी एशिया बैंकका ग्राहकलाई डिसहोम रिचार्जमा विशेष छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई डिसहोम रिचार्जमा विशेष छुट



काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारालाई आत्मसात गर्दै उत्तरदायी बैंकिङ्गको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले एनआईसी एशिया मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई विशेष योजना ल्याएको छ ।

योजना अन्तर्गत एनआईसी एशिया मोबाइल बैंकिङ मार्फत् डिसहोम टिभि टपअप गर्दा १० भाग्यशाली ग्राहकले एक महिनाको डिसहोम रिचार्जमा तीन महिना सित्तैमा दिने भएको छ ।

यो योजना फाल्गुन १८ देखी चैत्र १८ सम्मको लागी सिमित रहनेछ ।

बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६६६ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।