अझै तीन दिनसम्म मौसममा सुधार नहुने पूर्वानुमान

अझै तीन दिनसम्म मौसममा सुधार नहुने पूर्वानुमान


ग्लोब नेपाल
54
Shares

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको बताउनुभयो । हिजोको जस्तो झरी नपरेपनि आगामी तीन दिनसम्म उल्लेख्य रुपमा मौसममा सुधार नहुने उहाँले बताउनुभयो ।

तीन दिनपछि पनि नयाँ मौसमी प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना छ । आज कोशी र मधेस प्रदेशमा हुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो विशेषगरी कोशी, मधेस र बागमती प्रदेशमा वर्षा भएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज बिहानसम्म पनि पानी परेको छ ।