मन्त्रिपरिषद् बैठक बस्दै, सचिवहरुको सरुवा हुनसक्ने

मन्त्रिपरिषद् बैठक बस्दै, सचिवहरुको सरुवा हुनसक्ने


ग्लोब नेपाल
27
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बिहान ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको हो ।

आजको नियमित बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूसँगै केही सचिवहरूको सरुवाको पनि निर्णय हुन सक्ने बताइएको छ । संघीय मन्त्रालयमा कार्यरत आधा दर्जन जति मन्त्रालय र केही प्रदेश प्रमुख सचिवहरूको सरुवाबारे प्रारम्भिक छलफल भएको एक मन्त्रीले जानकारी दिए

संघीय मामिला तथा सामान्य प्रशासन, अर्थ, श्रम, उद्योग, वित्त आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतका निकायहरूमा कार्यरत सचिवहरूको सरुवा हुन सक्ने ती मन्त्रीको भनाई छ । आजकै बैठकले केही मन्त्री तथा सचिवहरूको विदेश भ्रमणबारे पनि निर्णय गर्दै छ ।