सिंहदरबारभित्र डिडिसीको सहुलियत बिक्री केन्द्र

सिंहदरबारभित्र डिडिसीको सहुलियत बिक्री केन्द्र


ग्लोब नेपाल
81
Shares

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सहुलियत बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ ।

डिडिसीले स्थापना गरेको उक्त सहुलियत केन्द्रको बुधबार मुख्यसचिव डा वैकुण्ठ अर्यालले शुभारम्भ गर्दै डिडिसीको बिक्री केन्द्र बढ्दै जाँदा उपभोक्तालाई सहजता आउने उल्लेख गरे ।

उनले दुग्धजन्य वस्तुको बिक्रीवितरण कमी भइरहेको समयमा सिंहदरबारभित्र स्थापना गरिएको बिक्री केन्द्रले बिक्रीवितरणमा थप सहयोग हुने बताए । “डिडिसीले सिंहदरबारभित्र बिक्री केन्द्र खोलेरभन्दा पनि मुलुकभर बिक्री विस्तार गर्न आवश्यक छ”, उनले भने ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले पछिल्लो समय डिडिसीले दुग्धजन्य पदार्थ बिक्री वितरणबाट नाफा कमाएको बताए । “पछिल्लो समय दुग्धजन्य पदार्थमा आएको कमीलाई सिंहदरबार बिक्री केन्द्रले राहत पुग्ने विश्वास मन्त्रालयले लिएको छ”, उनले भने ।

बिक्री केन्द्र स्थापना भएसँगै दुग्धजन्य पदार्थको बिक्रीवितरण बढ्ने लक्ष्यका साथ सिंहदरबारभित्र डिडिसीले बिक्री केन्द्र स्थापना गरेको डिडिसीका सूचना अधिकारी एवं निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबाभित्र हाल दुई हजार पाँच सयभन्दा बढी कर्मचारी कार्यरत रहेको बताइएको छ ।