शर्मिला वाइबालाई हिरासतमा राख्न सातौँ पटक म्याद थप

शर्मिला वाइबालाई हिरासतमा राख्न सातौँ पटक म्याद थप


ग्लोब नेपाल
729
Shares

काठमाडौँ । कलाकार पवन खतिवडा ‘म्याकुरी’ माथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिइएको छ।

काठमाडौँ जिल्ला अदालतले बिहीबार वाइबालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनलाई यसरी म्याद थप गरिएको यो सातौँ पटक हो। प्रहरी वृत्त महराजगञ्जले वाइबामाथि कुटपिट गर्न नहुने कसुरमा अनुसन्धान गरिरहेको छ।

गत फागुन १६ गते उनलाई सिन्धुपाल्चोक प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको थियो। उनी २३ दिनदेखि हिरासतमा छिन्। कलाकार खतिवडा र उनकी श्रीमतीसँगको विवादको विषयलाई लिएर वाइबाले खतिवडामाथि कुटपिट गरेको आरोप छ।