एनआरएनको लगानी भित्र्याउन आवश्यक कानूनी संशोधनका लागि सरकार तयार छ : उद्योगमन्त्री भण्डारी

एनआरएनको लगानी भित्र्याउन आवश्यक कानूनी संशोधनका लागि सरकार तयार छ : उद्योगमन्त्री भण्डारी


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपाली (एनआरएन)को लगानी भित्राउन आवश्यक सबै नीति र कानूनमा संशोधनका लागि सरकार तयार रहेको बताएका छन् । सिंहदरवार स्थित मन्त्रालयमा गैरआवासीय नेपाली संघका प्रतिनिधिहरूसँगको भेटमा मन्त्री भण्डारीले नेपालमा लगानीका लागि उचित वातावरण बनिसकेकाले ढुक्क भएर लगानी गर्न आह्वान गरे ।

त्यसका लागि आवश्यक नीति र कानूनहरूमा संशोधन गरेर वातावरण तयार गर्न समेत सरकार तयार रहेको उनको भनाइ थियो । ‘नेपालमा सुरक्षित लगानीको वातावरण छ, तपाईँहरूले आफ्नो लगानी ल्याउन सक्नुपर्‍यो,’ भेटमा मन्त्री भण्डारीले भनेका थिए ।

नेपालमा लगानी गरेर मुनाफा लिन सक्ने वातावरण बनिसकेको दाबी गर्दै मन्त्री भण्डारीले बढी भन्दा बढी लगानी भित्राउन गैरआवासीय नेपालीहरूले जोड दिनुपर्ने बताए । सरकारले आयोजना गर्ने लगानी शिखर सम्मेलनमा गैरआवासीय नेपालीहरूको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।