यस्ता छन् मन्त्रिपरिषदका १६ निर्णय

यस्ता छन् मन्त्रिपरिषदका १६ निर्णय



काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा प्राध्यापक संगीता सिंह (काठमाडौं), डा. कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा. शिवराज अधिकारी (पाल्पा) र डा. अरनिकोकुमार पाँडे (ललितपुर)लाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका बैठकले तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी नेतृत्वको प्रतिनिधिमण्डललाई चैत ११ गतेदेखि १९ गतेसम्म चीन भ्रमण गर्न स्वीकृति दिएको छ ।

राष्ट्रिय भूमि आयोग विघटन गर्ने निर्णय पनि बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेको छ ।

यस्ता छन् निर्णयहरू :