मस्कोस्थित एक कन्सर्ट स्थलमा आक्रमणः ४० जनाको मृत्यु, सय बढी घाइते

मस्कोस्थित एक कन्सर्ट स्थलमा आक्रमणः ४० जनाको मृत्यु, सय बढी घाइते


ग्लोब नेपाल
54
Shares

मस्को । रुसको राजधानी मस्कोको बाहिरी भागमा मानिसहरुले खचाखच भएको एक कन्सर्टमा बन्दुकधारीले आक्रमण गर्दा ४० जनाको मृत्यु भएको छ ।

क्रोकस सिटी हलमा भएको सो आक्रमणमा सय जनाभन्दा बढी घाइते भएको रुसी गुप्तचर निकाय एफ.एस.बि संघीय सुरक्षा सेवाले जनाएको छ । घटनाको जिम्मेवारी विद्रोही समूह इस्लामिक स्टेटले लिएको छ । यस विषयमा रुसले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

नाटकीय रुपमा कन्सर्ट भइरहेका बेला एकाएक विष्फोट गराइएको थियो । घटनापछि सार्वजनिक भएको भिडियोमा कन्सर्टमा सहभागीहरु डराएको र लुकिरहेको दृश्य देखिन्छ ।

आक्रमणपछि कम्प्लेक्सको छतमा ठूलो आगलागी भएको छ । अझै पनि बन्दुकधारीको पहिचान हुन नसकेको र खोजी जारी रहेको रुसको राष्ट्रिय सुरक्षा गार्डले जनाएको छ ।