कमेडी च्याम्पियनका विशाल भण्डारी प्रहरीको नियन्त्रणमा

कमेडी च्याम्पियनका विशाल भण्डारी प्रहरीको नियन्त्रणमा


ग्लोब नेपाल
675
Shares

काठमाडौं । चर्चित शो ‘कमेडी च्याम्पियन’ का निर्देशक विशाल भण्डारी दुर्घटनामा परेका छ्न् । दुर्घटनापछि उनीसहित दुई जनालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेर हिरासतमा राखेको छ। उनीहरु सवार बा-१-०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर टिप्परसँग ठोक्किएको थियो ।

शुक्रबार बिहान करिब ३ बजे भण्डारीसहितका ६ व्यक्तिहरू चढेको कार नगरकोट जाने क्रममा भक्तपुरमा विपरीत दिशाबाट आएको टिपरसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा कमेडियन सुशान बस्यालसहित ४ जना घाइते भएका छन्।

सुशानको अवस्था गम्भीर रहेको प्रहरी स्रोतले जनाएको छ। विशाल भण्डारी र पुजन अधिकारीलाई सामान्य चोट लागेको छ।