राष्ट्रिय राजनीतिको ‘किङमेकर’ रास्वपा बनेको छ: उपसभापति वाग्ले

राष्ट्रिय राजनीतिको ‘किङमेकर’ रास्वपा बनेको छ: उपसभापति वाग्ले


ग्लोब नेपाल
81
Shares

काठमाडौं । रास्वापा उपसभापति एवं प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले रास्वपाका २० जना सांसदले नै प्रतिनिधि सभालाई चलायमान बनाइरहेको दाबी गरेका छन् । आज (शनिबार) काठमाडौंमा वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति प्रष्ट पार्नलाई आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उपसभापति वाग्लले यस्ता बताएका हुन ।

उनले ८८४ जनामध्ये २० जना सांसदले मात्रै प्रतिनिधिसभालाई चलायमानको बताएका छन । उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी धेरै बोलेको भन्दै आलोचना सुरु भएको छ, ‘तर, देशभरमा ८८४ जना सांसद भएको र रास्वपामा २१ जना मात्रै छन् ।’ उनले यसमध्ये पनि एक जना उपसभामुखको हैसियतमा देशलाई सेवा गरिरहेकाले २० जना मात्रै सांसद रास्वपामा रहेको बताएका छन ।

८८४ जना सांसदमध्ये रास्वपाको २० जना मात्रै रहेको र बाँकी सांसदले के गर्दैछन् भनेर सोधखोज गर्नुपर्ने पनि बताएका छन । उनले रास्वपाले ८४ सम्म कुर्न भने पनि कुशासनको दण्डहीनताले उक्त अवधिसम्म युवा नै नरहने सम्भावना देखेपछि पार्टी सरकारमा गएको पनि बताएका छन । उनले भने, ‘यसपछि पार्टीका सभापतिले विभिन्न नेताहरूसँग २–३ महिनाअघि देखि संवाद बनाएको हो ।’

यसक्रममा लामिछानेले कुर्सीलाई मात्र नरोजेर काम गर्न खोजेको पनि उपसभापति वाग्लेले जानकारी दिएका छन । उनले प्रधानमन्त्रीको कुर्सीमा बसेर काम नगर्नेभन्दा जोखिम मोलेर काम गर्ने पद लामिछानेले रोजेको बताएका छन । यतिबेला देशमा दण्डहीनताको महामारी आइरहेकाले यी सबै विषयलाई ठिक पार्नका लागि पार्टी सरकारमा गएको समेत उनले बताएका छन ।

उनले भने, ‘अहिले ४–५ जना मन्त्रीले नै यसरी काम गर्छौँ कि, जनताले भन्नेछन् रास्वपाका सबै मन्त्री भए भने यो देश कस्तो होला, ‘यही कारण पनि सरकारमा जान खोजेका हौँ ।’ यस्तै, प्रधानमन्त्रीले मुलुककै ठुलो राजनीतिक दललाई लत्त्याएर चौथो ठुलो दललाई रोज्नुको कारण खोज्न पनि सरकारमा जाने निर्णय गरेको पनि उनले जानकारी दिएका छन ।

उनले सरकारमा जाँदै गर्दा बाहिर निस्कने बाटो समेत तय गरिएको बताए । काम गर्न नसकेमा सरकारबाट निस्कने बताउँदै थपे, ‘पैसा नखुवाएरै र भनसुन नगरेरै काम गर्न सकिने रहेछ भन्ने सन्देश रास्वपाको मन्त्रीहरूले दिएका छन् ।’ उनले रास्वपाले सरकारमा रहँदा कागज मिलाएर गरिने नीतिगत भ्रष्टाचारमा पनि सतर्क रहनुपर्ने पनि बताएका छन ।