गृहमन्त्रीलाई १ मिनेट पनि पदमा बस्ने छुट छैन: नेता कोइराला

गृहमन्त्रीलाई १ मिनेट पनि पदमा बस्ने छुट छैन: नेता कोइराला


ग्लोब नेपाल
54
Shares

काठमाडौं । कांग्रेसका नेता डा.शेखर कोइरालाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको दाबी गरेका छन ।

आज (शनिबार) काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन । उनले भने, ‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भैहाल्यो ’ ।

नेता कोइरालाले मन्त्री लामिछानेको बारेमा अहिले सडकदेखि संसदसम्म चौतर्फी विरोध भैरहँदा पनि लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको त छैन भन्ने प्रश्न उठेको समेत बताएका छन ।

उनले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिहँदा पनि काठमाडौंका चेतनशील मानिसहरु चुपचाप बसिरहँदा आफुलाई अचम्म लागेको बताएका छन ।

हरेक परिवर्तनमा काठमाडौंवासीको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै कोइरालाले अबका दिनमा पनि उनीहरुको निरन्तर खबरदारीको आवश्यकता रहेको बताएका छन ।