आजको सचिवालय बैठकपछि एमाले समाजवादी मोर्चामा इन्ट्री गर्ला ?

आजको सचिवालय बैठकपछि एमाले समाजवादी मोर्चामा इन्ट्री गर्ला ?



काठमाडौं । नेकपा एमालेको सचिवालयको बैठक बस्दैँछ । आइतबार पार्टी कार्यालय च्यासलमा बस्ने गरी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका छन् । बैठक बिहानवाट सुरू हुनेछ । 

आजको बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भएपछिको भिन्न परिस्थितिका बारेमा छलफल हुने जनाइएको छ। यद्यपि समाजवादी मोर्चामा एमाले इन्ट्री गराउने कि नगराउने भन्ने विषयमा छलफल हुने एमाले एक नेताले बताए ।

गत ९ चैतमा समाजवादी मोर्चामा एमालेलाई समेट्ने निर्णय भएको थियो । संयोजक विप्लवले ८ चैत साँझ ओलीलाई भेटेर मोर्चामा सहभागी हुन आग्रह गरेका थिए । ९ चैतमा मोर्चाले ओलीलाई मनाउने जिम्मा पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको थियो । त्यसपछि लगत्तै केपी ओली र प्रचण्डबीच भेटघाट भएको भएको थियो । अध्यक्ष ओलीले पार्टीको सचिवालय बैठकपछि निर्णय लिने आश्वासन प्रचण्डलाई दिएका थिए ।