सभापति खतिवडाद्वारा मोलुङ-एकवार सडक निरीक्षण

सभापति खतिवडाद्वारा मोलुङ-एकवार सडक निरीक्षण


ग्लोब नेपाल
648
Shares

ओखलढुंगा । धेरै वर्षसम्म सम्पन्न हुन नसकेको ओखलढुंगाको मोलुङ एकवार बाटो अवको केही समयपछि जोडिने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितीका सभापति रामहरि खतिवडाले मोलुङ एकवार सडकको निरीक्षण गरेका हुन् ।

खतिवडाले अनपौचरिक कार्यक्रममा यो मोलुङ एकवार बाटो पूरा भएन भने आफू ओखलढुंगामा उम्मेदवार नहुने समेत बताएको प्रकाश दाहालले बताए ।

‘आज कामको सुरुवात भएको छ मलाई पूरा आशा छ निर्माण कम्पनीले यो बाटो समयमै सम्पन्न हुनेछ‘ उनले भने । उनले यो वाटोमा विष्फोटक पदार्थको आवश्यकता भए सिफारिस गरेर पठाउन जिल्ला प्रमुखलाई निर्देशन दिएका छन् ।

ओखलढुंगा, मोलुङ एकवार सडकको सुनकोशी वडा -८, काउछे र सुनकोशीकै वडा-८ मै अधेरी विचको करिव ३ कि. मि. बाटो जोड्न भौतिक पुर्वधार तथा यातायात मन्त्रालयले निर्माण कम्पनीको १ करोड ७५ लाख रकम भुक्तानी गरि काम सम्पन्न गर्नलाई श्रोत सुनिस्चिता भएर जति काम हुन्छ त्यसको भुक्तानी हुने गरी आजदेखि काम शुरु भएको राज्य व्यवस्था तथा सुशासन समितीका सभापति रामहरि खतिवडाका स्वकीय सचिव हुकुम राइले जानकारी गराए ।

कार्यक्रममा सि. डि. कर्नेल, जनपद र शसस्त्र प्रहरी डिएसपी, सडक डिभिजन कार्यलय प्रमुख , नेपाली काङ्ग्रेस प्रदेश सदस्य रुद्र अधिकारी, महाधिवेशन प्रतिनिधि लिला बल्लभ दाहाल (काका), नेकपा माओवादी केन्द्रीय सदस्य चम्पा कार्की, नेकपा (एस) को नेता नरेन्द्र श्रेष्ठ लगायतको सहभागिता भएको थियो ।