मस्को । रुसको राजधानी मस्कोको कन्सर्ट हलमा आक्रमण गरेको आरोपमा चार जनालाई कारवाही शुरु गरिएको छ ।
१ सय ३७ जनाको ज्यान जाने गरी भएको सो आक्रमण संलग्न रहेको अभियोग लागेका चार जनामध्ये तीन जनालाई आखाँमा पट्टी बाँधेर मस्कोको अदालत पुर्याएको छ ।
चौथो व्यक्तिलाई भने ह्वीलचेयरमा अदालत पुर्याइएको हो । सबैलाई आतंकवादी कार्य गरेको अभियोग लगाइएको छ । क्रोकस सिटी हलमा कन्सर्ट भइरहेका बेला भएको आक्रमणको जिम्मेवारी लिंदै आतंकवादी समूह इस्लामिक स्टेटले भिडियो पोष्ट गरेको थियो ।
मस्को आक्रमण लगत्तै रुसले विना प्रमाण युक्रेनको संलग्नता रहेको दाबी गरेको थियो । युक्रेनले भने त्यसको खण्डन गर्दै बेतुकको दाबी भएको जनाएको छ । आक्रमणमा संलग्न चारै जना घाइते अवस्थामा देखिएका छन् ।
प्रतिक्रिया