संवैधानिक परिषद्को बैठक स्थगित

संवैधानिक परिषद्को बैठक स्थगित



काठमाडौं । सोमबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि बोलाएको बैठक स्थगित भएको हाे ।

बैठक स्थगित हुनुको कारण भने खुलाइएको छैन । यही १८ चैतमा बस्नेगरी बैठक स्थगित गरिएको छ ।

बैठकले महालेखा परीक्षक नियुक्त गर्न सिफारिस गर्ने बुझिएको छ । महालेखा परीक्षक पद लामो समयदेखि रिक्त छ ।

परिषद् सदस्य सभामुख स्विजरल्याण्ड भ्रमणमा रहेका छन् । प्रधानमन्त्री परिषद्को अध्यक्ष रहने व्यवस्था छ भने प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।