काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायलाई मनोनयन गरेको छ ।
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभाको प्रमुख सचेतकमा रोकायलाई मनोनयन गरेको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ । माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा रोकाय कर्णाली प्रदेशबाट निर्वाचित भएका हुन् ।
प्रतिक्रिया