इलाम २ मा जनमत पार्टीको उम्मेदवार प्रेमदीप थाम्सुहाङ

इलाम २ मा जनमत पार्टीको उम्मेदवार प्रेमदीप थाम्सुहाङ



काठमाडौं । जनमत पार्टीले इलाम-२ को उपनिर्वाचनका लागि प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको छ ।

जनमत पार्टीका अध्यक्ष सिके राउतका अनुसार बझाङका बारेमा निर्णय लिन भने बाँकी रहेको छ ।

पहिचानवादीहरूका साझा उम्मेदवारका रूपमा थाम्सुहाङलाई पार्टीले समर्थन गरेको बताइएकाे छ ।

थाम्सुहाङ किरात-लिम्बुवान प्रदेश नामाङ्कन समितिका अध्यक्ष पनि छन् ।

वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ । यसका लागि यही चैत २४ गते उम्मेदवारी दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।